श्रीलङका विरुद्ध भारतको तेस्रो जित, श्रृखलामा तीन शन्यको अग्रता

श्रीलंका विरुद्धको तेस्रो एकदिवसिय खेलमा भारत ६ विकेटले विजयी भएको छ । जितसंगै भारतले पाच खेलको श्रृखलामा तीन शुन्यको अग्रता बनाएको छ ।

श्रीलंकाको पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय १७ रन बनाएको थियो । उसका लागि लहीरु थिरमानेले ८० रन बनाउदा दिनेश चन्डिमलले ३६ रन बनाए । तर बाकि खेलाडीले खासै राम्रो खेल्न नसक्दा श्रीलंका सस्तैमा रोकियो । बलिङ तर्फ भारतका जस्प्रित बुर्माहले पाच विकेट लिए ।

जवाफमा भारतले ४५ ओभर एक बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । भारतको जितेमा ओपनर रोहित शर्माले एक सय २४ रनको उत्कृष्ट पारी खेले । एक सय ४५ बलमा उनले १६ चौकार दुई छक्का प्रहार गरेका थिए । यस्तै महेन्द्रसिंह धोनीले ६७ रनको योगदान गरे । नौ रनमा पहिलो विकेट गुमाएको भारतले ६१ रन हुदा चार विकेट खेर फालेको थियो । तर त्यसपछि रोहित र धोनीले टिमलाई जितको बाटो देखाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest