यू-१९ टिमको ब्याटिङ प्रशिक्षकका रुपमा मोन्टी देशाइ नेपालमा

मलेसियामा हुने एसीसी यू–१९ एसिया कप छनोट खेलको तयारीमा रहेको नेपाली टोलिलाई ब्याटिङ्ग प्रशिक्षण दिन भारतीय प्रशिक्षक मोन्टि देशाइ नेपाल आइपुगेका छन् । नेपाली युवा टिमको ब्याटिङमा देखिएको कमजोरी हटाउन देशाइ नेपाल आएका हुन ।
देशाई ईण्डियन प्रिमियर लिग क्रिकेटको टोलि राजस्थान रोयल्सका प्रशिक्षक पनि बनिसकेका छन । देशाई नेपाली टोलिलाई टोलि मलेसिया जानु अघिसम्म प्रशिक्षण दिनेछन् ।

देशाईले यसअघि नेपाली राष्ट्रिय टोलिलाई प्रशिक्षण दिएका थिए । सन् २०१५ मा आयरल्यान्डमा आयोजना भएको टि – ट्वान्टी विश्व कप छनोट खेल र स्कटल्यान्डविरुद्दको विश्व क्रिकेट लिगको खेल अघि नेपाली टोलिलाई प्रशिक्षण दिन काठमाडौं आएका थिए । आइसीसीको पहलमा देशाइ नेपाल आएका हुन । उनले आजबाट नै टिमको प्रशिक्षण सम्हाल्नेछन ।

छनोट खेल मलेसियामा आगामी सेप्टेम्बरको ८ देखि १७ तारिखसम्म हुनेछ । नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान रहेको छ । त्यस्तै समूह बि मा मलेसिया, हङकङ र म्यानमार रहेको छ । फाइनलमा पुग्ने दुई टोलि एसिया कपको लागि छनोट हुनेछन् ।

छनोटको लागि नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्सीय नेपाली टोलीको घोषणा भएसकेको छ । एसिया कपको लागि नेपाली टोलीमा कप्तान दिपेन्द्रसँगै पूर्वकप्तान सन्दिप लामिछाने, अनिल कुमार शाह, सन्दिप सुनार, पवन सर्राफ, रोहित कुमार पौडेल, प्रनित थापामगर, शाहव आलम र आशिफ शेख रहेका छन् । यस्तै किशोर महतो, विक्रम कुमार भूषाल, सन्दिप जोरा, नन्दन यादव र सुमित महर्जन टिममा परेका छन् । वैकल्पिक खेलाडीमा प्रकाश केसी, ललित नारायण राजवंशी, रिजन ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest