ब्याटिङ प्रशिक्षक त आए कतिको फरक पर्ला खेलाडीको प्रदर्शनमा

मलेसियामा आयोजना हुने एसीसी अन्डर नाइन्टिन एशिया कप छनोटका लागि यतिबेला नेपाली युवा टिम तयारीमा ब्यस्त छ । पछिल्लो पटक ब्याटिङका कारण आलोचित बनेको नेपाली टिमलाई प्रशिक्षण दिन भारतीय प्रशिक्षक मोन्टी देशाई टिमसंग रहेका छन । प्रतियोगिता आउन करीव एक साताको समय बाकि रहेका बेला प्रशिक्षक देशाईले खेलाडीको ब्याटिङमा कतिको फरक पार्लान अर्को प्रश्न छ ।

सेप्टेम्बर आठ देखि १७ तारिखसम्म मलेसियमा हुने प्रतियोगिताका लागि नेपाली टिम पछिल्लो दुई साता देखि प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका लागि २८ खेलाडीबाट यतिबेला १४ खेलाडी छनोट गरिसकिएको छ । एक त बर्षा सिजन त्यसमा पनि प्रयाप्त म्याच एक्पोजर विना नै टिम मलेसिया जाने निश्चित भएको छ । नेपाली खेलाडीको ब्याटिङमा केहि हदसम्म सुधार गर्न सकिन्छ की भनेर आइसीसीको पहलमा एक साताका लागि भएपनि ब्याटिङ प्रशिक्षक ल्याइएको छ । तर एक त थोरै समयको प्रशिक्षण त्यसमा पनि निकै कम समय बाकि रहेका बेला ब्याटिङ प्रशिक्षक ल्याउनुले कतिको टिममा फरक पार्ला यो आफैमा अर्को प्रश्न छ । टिमका लागि विदेशी प्रशिक्षक ल्याउन प्रक्रिया निकै लामो हुने गर्दापनि ढिलो भएको हो । किनकी आइसीसीबाट पास गरेर प्रक्रिया अगाडी बढाउदा सोचेको समयमा काम नभएको देखिएको छ ।

प्रशिक्षक विनोद दाशका लागि पनि आसन्न प्रतियोगिता केहिहदसम्म चुनौतीले भरिएको छ । किनकी प्रशिक्षणमा राम्रो गरेपनि नतिजा हात नपर्दा प्रशिक्षक विनोदलाई पनि दबाव छ । तर पनि यसपटक राम्रो प्रदर्शन गर्नेमा प्रशिक्षक ढुक्क छन । त्यहि अनुसार यसपटक टिममा केहि परिवर्तन गरेको ठान्छन प्रशिक्षक आफैपनि । टिमले यसअघि भएका दुई वटा प्रतियोगितामा राम्रो खेलेको विनोद दाशको बुझाइ छ । तर पनि ब्याटिङले गर्दा केहि कमजोरी देखिएको थियो । त्यसलाई आफुले स्विकारेको हो । अब यो प्रतियोगितामा राम्रो होस त्यसका लागि सबैले मेहेनत गरेका छौ । तरपनि यदि टिमको कमजोरी देखिन्छ भने त्यसको जिम्मेवारी प्रशिक्षकको नाताले लिनैपर्छ ।

एशिया कपमा स्थान बनाउन नेपालले कम्तिमा दुई खेल जित्नुपर्ने हुन्छ । शिर्ष दुई टिमले एशिया कपमा स्थान बनाउनेछन । नेपाल रहेको समुहमा सिंगापुर, थाइल्याण्ड र भुटान रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest