रोमाञ्चक मोडमा इङग्ल्याण्ड र वेष्ट इन्डिजको टेष्ट

पहिलो इनिंगमा खराब ब्याटिंग गरे पनि दोश्रो इनिंगमा सुधारिएपछि इंग्ल्याण्ड र वेस्ट इन्डिज बीच दोश्रो टेस्ट रोचक मोडमा पुगेको छ ।

पहिलो इनिंगमा इंग्ल्याण्डले २५८ रन मात्रै बनाउन सकेको थियो भने वेस्ट इन्डिजले ४२७ रन बनाएपछि १६९ रनको अग्रता लिएको थियो । १६९ रनले पछि परेको इंग्ल्याण्डले आफ्नो दोश्रो इनिंगमा ४९०/८ मा इनिंग घोषणा गर्दै वेस्ट इन्डिजलाई ३२२ रनको लक्ष प्रस्तुत गरेको हो ।चौथो दिनको खेल सकिंदा वेस्ट इन्डिज ५/० को स्थितिमा रहेको छ र अन्तिम दिन जितको लागि ३१७ रन आवस्यकता रहेको छ ।

दोश्रो इनिंगमा इंग्ल्याण्ड ब्याट्सम्यान मोईन अलिले सर्बाधिक ८४ तथा क्रिस वोक्स र दविड मलनले समान ६१ रनको योगदान दिएका थिए । यस्तै ओपनर मार्क स्टोन म्यानले पनि ५२ रन योगदान दिए । कुनै पनि ब्याट्सम्यानले शतक प्रहार नगरी ४९०/८ बनाएको इंग्ल्याण्डले यो सबैभन्दा ठुलो स्कोर हो । सन् १९९४ मा दक्षिण अफ्रीका बिरुद्ध कुनै ब्याट्सम्यानले शतक प्रहार नगर्दा इंग्ल्याण्डले ४७७ रन बनाएको थियो । रेकर्डमा इंग्ल्यान्ड पाँचौ नम्बरमा छ । यो रेकर्डमा भारत सबैभन्दा अघि छ जसले १९७६ मा न्युजिल्याण्ड बिरुद्ध शतक बिना ५२४ रन बनाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest