वेष्ट इन्डिजद्धारा इङग्ल्याण्ड ५ विकेटले पराजित

वेष्ट इण्डिजले इङ्गल्याण्डलाई दोश्रो टेस्टमा ५ विकेटले पराजित गरेको छ । से होपले अविजित शतक प्रहार गरेपछि वेष्ट इन्डिज विजयी भएको हो ।

अन्तिम दिन जितका लागि ३२२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको वेष्ट इन्डिजले ४ ओभर बाकि छदा लक्ष्य प्राप्त गर्योि । होपले आफ्नो खेल जिवनकै उत्कृष्ट पारि खेल्ने क्रममा १ सय १८ रन बनाएका थिए । एक समय ५३–२ को स्थितिमा रहेको वेष्ट इण्डिजको इनिङ्गस उकास्ने क्रममा होप र ओपनर क्रेग ब्राथवेटले तेश्रो विकेटका लागि १ सय ४४ रनको बिशाल साझेदारी गरेको थिए ।

ब्राथवेटले एक सय ८० बलको सामना गर्दै ९५ रन बनाए । उनको इनिङ्गसमा १२ चौका समावेश थियो । ब्राथवेट आउट भएपछि होपले रोस्तोन चेज (३०) संग ४९ रनको साझेदारी गरे । रनरेट ४ भन्दा माथि चाहिएको स्थितिमा होपलाई जरमाईन ब्ल्याकउडले साथ दिन आए र उनले ४५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४१ रन बनाए । ब्ल्याकउडले होसंग ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

होपले २ सय ११ बलको म्याराथन इनिङ्गस खेल्ने क्रममा १४ चौका प्रहार गरेका थिए । मङ्गलवारको शतकपछि होप हेडिङ्गलेमा एउटै टेस्टमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी पनि भए । इङ्गल्याण्डका लागि मोइन अलीले दुई विकेट हात पारे ।
पहिलो इनिङ्गसमा इङ्गल्याण्डलाई २ सय २८ रनमै रोकेको वेष्ट इन्डिजले होप १ सय ४७ र ब्राथवेट १ सय ३४ रनको पारीले ४ सय २७ रन बनाएको थियो । इङ्गल्याण्डले दोश्रो इनिङमा सुधारिएको प्रदर्शन गर्दै ४ सय ९० रन बनाएपछि वेष्ट इन्डिजले बिशाल लक्ष्य पाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest