छनोटकर्ताको पदबाट जयशुर्याको राजिनामा

श्रीलंकाका पुर्व कप्तान तथा बिस्फोटक ब्याट्सम्यान सनथ जयसुर्याले श्रीलंकन क्रिकेट टिमको छनोटकर्ताको पदबाट राजिनामा दिएका छन् ।

भारत बिरुद्ध जारी पाँच एकदिवशिय श्रृङखलामा तेश्रो खेलमा पनि हार बेहोरेको दुइ दिनपछि जयसुर्या लगायतको टोलिले नै राजिनामा दिएको हो । छनोटकर्ता टोलिको राजिनामाको पुस्टि श्रीलंकाका खेलकुद मन्त्रिले गरेका छन् । जयसुर्या लगायत रन्जिथ मधुरासिंगे, रोमेश कालुबिर्थना, आसन्का गुरुसिंहा र एसिक उपासन्थाले सामुहिक राजिनामा दिएका हुन् । पछिल्लो समय श्रीलंकन टोलिको नराम्रो प्रदर्शनलाई आधार बनाएर उनीहरुले राजिनामा दिएको मन्त्रिले बताएका छन ।

दुई महिना अघि मात्र उनीहरुको म्याद छ महिनाको लागि थप गरिएको थियो । पछिल्लो समयमा श्रीलंकाले जिम्बाब्बेसँग एकदिवशिय श्रृङखलामा हार व्येहोरेको थियो भने बंगलादेशसँग आफ्नो गृह मैदानमा टेष्ट म्याच हारेको थियो । त्यस्तै उसको बेलायतमा भएको च्याम्पियन्स ट्रफीमा पनि पहिलो चरण पार गर्न सकेको थिएन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest