नेपाली राइनोज क्रिकेट क्लवले सहभागिता जनाउन लागेको इमराल्ड कप स्थगित

अमेरीकामा रहेका नेपाली क्रिकेटरले स्थापना गरेको नेपाली राइनोज क्रिकेट क्लवले सहभागिता जनाउन लागेको इमराल्ड कप आयोजकले स्थगित गरेका छन ।

अमेरीकाको सिटएलमा हुने भनिएको प्रतियोगिताका आयोजकले एक विज्ञेप्ती जारी गर्दै प्रतियोगिता तत्कालका लागि स्थगित भएको जनाएका हुन । क्लवलाई इमेल मार्फत जानकारी गराउदै आयोजकले चार टिमले मात्र सहभागिता सुनिश्चित गरेका र बाकि चार टिमको सहभागिता अनिश्चित भएकाले स्थगित गर्नुपरेको जनाएका छन । प्रतियोगिताको चार्म कम नहोस भनेर आयोजकले स्थगित गरेका हुन । प्रतियोगिताका लागि नेपाली राइनोजले २९ सय अमेरीकी डलर खर्च गरेका थिए । जसका खेलाडी खेलाडी अनुबन्धका साथै सबै प्रक्रिया पुरा गरीसकेका थिए ।

आयोजकले प्रतियोगिता स्थगित भएको खवर पाएपछि क्लवले आफनो फेसबुक पेजमा सबै समर्थक स्पोन्सरलाई माफि मागेका छन । प्रतियोगिताका लागि ६ जना अन्तराष्ट्रिय खेलाडी खेलाउने र बाकि नेपाली पुर्व खेलाडी समावेश गर्ने योजनामा राइनोज थियो । बरदान चालिसेको कप्तानीमा उत्रने भनिएको टिममा गत बर्षको टु एक्स विजेता टिममा रहेका सागर पन्त, राकेश कर्ण र आशिक लामा थिए । यस्तै टिममा कनिस्क चौगाई पनि खेल्ने बताइएको थियो । प्रतियोगिताको विजेताले १५ हजार अमेरीकी डलर र उपविजेताले तीन हजार अमेरीकी डलर प्राप्त गर्ने थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest