यु–१९ टी २० क्रिकेट प्रतियोगिता भाोलि देखि

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भोली देखि गणेश बहादुर प्राणमाया चित्रकार स्मृतीकप यु–१९ ट्वान्टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ।

काठमाडौंको टुडिखेलमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगिता आगामी २४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेक्सस र ओमेगा कलेज प्रतिस्पर्धा गर्ने भएका छन्।

नकआउटका आधारमा हुने प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउने भएका छन्। त्यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिज, उदयीमान खेलाडी, उत्कृष्ट वलर, ब्याटसम्यान र म्यान अफ द म्याचलाई ट्रफी सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतिस्पर्धी टोलीहरुलाई दुई समूहमा बाडिएको छ। समुह ए मा एनसीए, ओमेगा, कलेज, क्यानन, क्लब, जिएजसीएबी, राइजिड, जिएजसीए ए, एकआइसी ए र केसीटीसी बी रहेको छन।

यसैगरी समुहबीमा नेपाल पुलिस स्कुल साँगा, केसीटीसी ए, आयोजक नेक्सस, हिमालयन क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टाइटन, आरसीए र सगरमाथा क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजक नेक्ससका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest