माछापुच्छ्रे क्रिकेट लिग मंगलबारबाट

पोखरामा आगामी मंगलबारबाट सुरु हुने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

लिग भदौको ३१ गतेसम्म पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा हुने छ । लिगमा आयोजक माछापुच्छ्रे लायन्स सहित भीएम वारिअर्स, पर्वत टाइटन्स,डाउन टाउन लायन्स पोखरा, इन्फरम्याटिक्स कलेज चिता र केकेएएफ स्याङ्गजा च्यालेन्जर्ससहित ६ टोलिको सहभागिता रहेको छ । लिगको उद्घाटन खेल आयोजक माछापुच्छ्रे लायन्स र भीएम वारिअर्स बीच हुने छ । दोस्रो दिनबाट दैनिक दुई दुई खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिने छन् । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासाग एलिमिनेटर खेल खेल्नेछ ।
विजेताले ३ लाख पुरस्कार पाउने छन् भने उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार पाउने छन् । त्यस्तै म्यान अफ दि म्याचले २ हजार र फाइनलमा म्यान अफ दि म्याच हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

लिगको लागि खेलाडी किनबेच (अक्सन) यसअघि नै सम्पन्न भैसकेको छ । लिगको लागि कुल ९६ खेलाडी खरिद भएका थिए । लिगका लागि अक्सनमा रहेका १ सय ४५ खेलाडीमध्ये विभिन्न टोलीले ९६ खेलाडीलाई खरिद गरेको हो । लिगमा गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरुले अक्सनको लागि नाम दर्ता गराएका थिए । अक्सनमा सुदिप पौडेल सर्वा्िधक रकममा लिमामी भएका थिए । सुदिपलाई डाउनटाउन लायन्स पोखराले १० हजार रुपैंयामा खरिद गरेको छ । लिलामीमा रहेका सबै खेलाडीको न्युनतम रकम १ हजार तोकिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest