दोस्रो चरणमा १८ खेलाडी छनोट, चेन्नेइमा ४ अभ्यास खेल खेल्ने

नेपालले, विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि दोस्रो चरणमा १८ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा घरेलु क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सौरभ खनाल भने अटाएनन ।

प्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाले तयार पारेको टिममा २५ जनामा रहेका सौरभ खनाल आउट भए । यस्तै टिमका नियमित सदस्य स्पिनर शक्ति गौचनले भने स्वास्थ्यका कारण हङकङ विरुद्धको खेल नखेल्ने निर्णय गरेका थिए ।

Sandeep Lamichhane

दिपेन्द्र र संदिप एसीसी अन्डर नाइन्टिन छनौट खेल खेल्ने नेपाली टोलीमा पनि रहेका छन । दिपेन्द्र अन्डर नाइन्टिन टिमका कप्तान हुन् । यस्तै ललित, कुशल र सुसिल पहिलो पटक सिनियर टोलीको १८ जनामा पर्न सफल भएका हुन् ।

नेपाली टोलीले हङकङ संगको खेलको तयारीका लागि असोक एक गते देखी भारतको चेन्नेइमा गएर अभ्यास गर्नेछ । दश दिनको चेन्नेइ बसाइमा नेपालले स्थानिय टिम संग चार वटा अभ्यास खेल खेल्नेछ । भारतबाट फर्किएपछि नेपालले हङकङ जाने अन्तिम टोलीको घोषणा गर्नेछ ।

नेपाल र हङकङ बीचको खेल असोज २७ र २९ गते हुनेछ ।

को को परे टोलीमा ?
पारस खड्का (C), ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सुशील कँडेल, नरेश बुढाएेर, ललित सिंह भण्डारी, सन्दिप लामिछाने, महबुब आलम, जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, आरिफ शेख, सुशन भारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest