नेपालले भोली थाइल्याण्ड विरुद्ध खेल्दै, मलेसियामा टिमको तयारी फोटो फिचर

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले भोली थाइल्याण्डसंग खेल्दैछ ।

मलेसियाको क्लव अमानको मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा सात बजेबाट सुरु हुनेछ । करीव एक महिनाको प्रशिक्षण पछि मलेसिया पुगेको टिमको सम्पुर्ण तयारी पुरा भएको प्रशिक्षक विनोद दाशले बताएका छन । नेपाली टिमको ओपिनिङ जोडीका रुपमा आसिफ शेख र सन्दिपले गर्नेछन । प्रशिक्षक दाशले भोली बर्षा नभएको खण्डमा टिमले थाइल्याण्ड विरुद्ध जित निकाल्नेमा विश्वस्त रहेको बताए । यदि बर्षाले खेल विथोलेमा टिमलाई घाटा हुने उनको बुझाइ छ । अरु मैदानको तुलनामा क्लव अमानको मैदान सानो र पिचको कन्डिसन पनि खासै राम्रो नभएको उनले बताए ।

टिमको क्षमता अनुसार खेल्न सकेमा थाइल्याण्डलाई सहजै हराउने उनले बताए । एशियाली स्तरमा नेपाल र थाइल्याण्ड चिरपरिचित टिम हुन । तर नेपाली टिमको ब्याटिङ यो प्रतियोगितामा कस्तो हुने हो त्यो भने हेर्न बाकि हुनेछ । पहिलो पटक टिमको कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीका लागि पनि यो प्रतियोगिता चुनौतीले भरिएको छ । टिमका लागि टसले पनि महत्वपुर्ण खेल खेल्नेछ । एशिया कपमा स्थान बनाउन नेपालले उपाधि जित्नुपर्ने हुन्छ । त्यसका लागि टिम खरो रुपमा उत्रने प्रशिक्षक दाशको भनाइ छ ।

मलेसियामा नेपाली टिमको तयारी तस्विरमा
फोटो कमल खत्री

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest