माछापुच्छ्रे क्रिकेट लिग, पर्वत टाइटन्स र स्याङजा च्यालेञ्जर्स विजयी

पर्वत टाइटन्स र स्याङजा च्यालेञ्जर्सले पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिगमा दोस्रो जित निकालेका छन । जितसंगै दुबै टिमले लिगको शिर्ष स्थानमा रहेको माछापुच्छ्रे क्लवसंग अंक बराबरी गरेका छन ।

पोखरामा भएको खेलमा पर्वत टाइटन्सले इन्फोमेटिक्स कलेजलाई ५२ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले २० ओभरमा नौ विकेट गुमाउदै एक सय १९ रन बनायो । उसका लागि साहिल कार्कीले २६ तथा अविशेक थापाले २० रन बनाए । बलिङ तर्फ इन्फोमेटिक्सका लागि सन्तोष भट्टराईले तीन विकेट लिए ।

जवाफमा इन्फोमेटिक्स १४ ओभर दुई बलमा ५९ रनमा अलआउट भयो । उसका लागि मिलन थापाले २१ रन बनाउनु बाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन । इन्फोमेटिक्सलाई कम स्कोरमा रोक्न सन्तोष पौडेल र सुरज श्रेष्ठले तीन तीन विकेट लिए ।

अर्को खेलमा स्याङजाले भिएम वारीयर्सलाई आठ विकेटले हरायो । टस जितेर पहिलो ब्याटिङ गरेको वारियर्सले २० ओभरमा आठ विकेट गमाउदै एक सय सात रन बनायो । उसका लागि दिपक कुवरले ४३ तथा किशोर छन्त्यालले २० रनको योगदान गरे । जवाफमा स्याङजाले १६ ओभर पाच बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसको जितमा विश्व थापाले अविजीत ५३ तथा अशिम श्रेष्ठले २८ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest