नेपाल र थाइल्याण्ड विचको खेल जारी, नेपालले एक विकेट गुमाउदा ५० रन कटायो

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले अहिले थाइल्यान्ड संग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको क्लव अमानको मैदानमा जारी खेलमा थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । आजको खेलमा नेपालले मध्यम सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि सन्दिप सुनार र आसिफ शेखले ३४ रनको साझेदारी गर्न सफल भए । तर आशिफ ब्यक्तिगत २१ रनमा पेभेलियन फर्किदा नेपालले पहिलो विकेट गुमायो । त्यसपछि अहिले अनिल शाह र सन्दिप विच राम्रो साझेदारी भइरहेको छ । विकेटको अवस्था अनुसार नेपाललले दुइ सय ५० बढीको लक्ष्य प्रस्तुत गर्ने लक्ष्य नेपालले लिएको छ । उमेर समुहमा नेपाल र थाइल्याण्ड चिरपरिचित टिम हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest