नेपालको सतक पुरा, दोस्रो विकेट झर्यो

एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। अहिले नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ। नेपालले २१ ‍ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा १०२ रन बनाएको छ।

नेपालका लागि अनिल कुमार साह ३९ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ५ रन बनाएर खेलिरहेका छन्। ओपनर मोहमद आसिफ शेख २१ रन बनाएर आउट भएका छन्। उनले ९ ‌ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest