नेपालको पाचौ विकेट झर्दा २५० रनको नजिक

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले अहिले थाइल्यान्ड संग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको क्लव अमानको मैदानमा जारी खेलमा थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । आजको खेलमा नेपालले मध्यम सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि सन्दिप सुनार र आसिफ शेखले ३४ रनको साझेदारी गर्न सफल भए । तर आशिफ ब्यक्तिगत २१ रनमा पेभेलियन फर्किदा नेपालले पहिलो विकेट गुमायो । त्यसपछि अनिल शाह र सन्दिप सुनार विच ६० रनको साझेदारी हुदा नेपालले ९४ रनमा दोस्रो विकेट गुमायो । नेपालका लागि सन्दिप ३२ रनमा आउट भए । नेपालको स्कोर एक सय ४६ रन हुदा तेस्रो विकेट झरयो । कप्तान दिपेन्द्रसिंह ऐरी २२ रनमा पेभेलियन फर्किए ।

नेपालका लागि उत्कृष्ट ब्याटिङ गरिरहेका अनिल ९१ रनमा आउट हुदा नेपालले एक सय ८० रनमा चौथो विकेट गुमायो । ७४ बल खेलेका अनिलले छ चौका र पाच छक्का प्रहार गरेका थिए । तुलनात्मक रुपमा कमजोर टिम थाइल्याण्ड विरुद्ध नेपालको स्कोर दुई सय २८ रन हुदा पाचौ विकेट गुम्यो । नेपालका रोहितकुमार पौडेल २८ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest