सन्दिपको बलिङको अगाडी थाइल्याण्ड धरासायी, १७ रन हुदा गुमायो ६ विकेट

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले थाइल्यान्डलाई दुई सय ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्लव अमानको मैदानमा जारी खेलमा टस हारेर बयाटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ८१ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि सन्दिप सुनार र आसिफ शेखले ३४ रनको साझेदारी गर्न सफल भए । तर आशिफ ब्यक्तिगत २१ रनमा पेभेलियन फर्किदा नेपालले पहिलो विकेट गुमायो । त्यसपछि अनिल शाह र सन्दिप सुनार विच ६० रनको साझेदारी हुदा नेपालले ९४ रनमा दोस्रो विकेट गुमायो । नेपालका लागि सन्दिप ३२ रनमा आउट भए । नेपालको स्कोर एक सय ४६ रन हुदा तेस्रो विकेट झरयो । कप्तान दिपेन्द्रसिंह ऐरी २२ रनमा पेभेलियन फर्किए । उत्कृष्ट ब्याटिङ गरेका अनिल ९१ रनमा आउट हुदा नेपालले एक सय ८० रनमा चौथो विकेट गुमायो । ७४ बल खेलेका अनिलले छ चौका र पाच छक्का प्रहार गरेका थिए । तुलनात्मक रुपमा कमजोर टिम थाइल्याण्ड विरुद्ध नेपालको स्कोर दुई सय २८ रन हुदा पाचौ विकेट गुम्यो । नेपालका रोहितकुमार पौडेल २८ रनमा आउट भए । त्यसपछि नेपालको स्कोर दुई सय ६० रन हुदा प्रनित थापामगर ५० रन बनाउदै आउट भए ।

जवाफमा नेपालको कसिलो बलिङ सामु थाइल्याण्ड सुरुवात देखि नै दबावमा परयो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको थाइल्याण्डले चार रन हुदा दोस्रो विकेट गुमायो । त्यसपछि थप १३ रन जोडदा नेपालले थाइल्याण्डको अरु चार विकेट लिन सफल भयो । नेपालका लागि सन्दिप लामीछानेले चार विकेट लिए भने नन्दन यादव र किशोर महतोले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest