सन्दिपको सात विकेट, थाइल्याण्ड २५५ रनले पराजित

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमा नै जित निकालेको छ । आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय ५५ रनको भारी अन्तरले पराजित गरयो ।

मलेसियाको क्लव अमानको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ८१ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि सन्दिप सुनार र आसिफ शेखले ३४ रनको साझेदारी गर्न सफल भए । तर आशिफ ब्यक्तिगत २१ रनमा पेभेलियन फर्किदा नेपालले पहिलो विकेट गुमायो । त्यसपछि अनिल शाह र सन्दिप सुनार विच ६० रनको साझेदारी हुदा नेपालले ९४ रनमा दोस्रो विकेट गुमायो । नेपालका लागि सन्दिप ३२ रनमा आउट भए । नेपालको स्कोर एक सय ४६ रन हुदा तेस्रो विकेट झरयो ।

कप्तान दिपेन्द्रसिंह ऐरी २२ रनमा पेभेलियन फर्किए । उत्कृष्ट ब्याटिङ गरेका अनिल ९१ रनमा आउट हुदा नेपालले एक सय ८० रनमा चौथो विकेट गुमायो । ७४ बल खेलेका अनिलले छ चौका र पाच छक्का प्रहार गरेका थिए । तुलनात्मक रुपमा कमजोर टिम थाइल्याण्ड विरुद्ध नेपालको स्कोर दुई सय २८ रन हुदा पाचौ विकेट गुम्यो । नेपालका रोहितकुमार पौडेल २८ रनमा आउट भए । त्यसपछि नेपालको स्कोर दुई सय ६० रन हुदा प्रनित थापामगर ५० रन बनाउदै आउट भए ।

जवाफमा नेपालको कसिलो बलिङ सामु थाइल्याण्ड सुरुवात देखि नै दबावमा परयो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको थाइल्याण्डले चार रन हुदा दोस्रो विकेट गुमायो । त्यसपछि थप १३ रन जोडदा नेपालले थाइल्याण्डको अरु चार विकेट लिन सफल भयो । नेपालका लागि सन्दिप लामीछानेले सात विकेट लिए भने नन्दन यादव र किशोर महतोले एक एक विकेट लिए । चार ओभर बलिङ गरेका सन्दिपले एक मेडेन राख्दै मात्र ६ रन खर्चिएका थिए ।

त्यसपछि बलिङमा आएका कप्तान दिपेन्द्रसिंह ऐरीले पनि पहिलो ओभरमा नै विकेट लिएपछि थाइल्याण्डले २२ रनमा आठ विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको थाइल्याण्ड अन्तत १० ओभरमा २६ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन ।


यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest