दिल्ली डेयरडेभिल्स्का पुर्व सिइओ अमृत माथुरले आज विशेष कार्यशाला गोस्टी गर्ने

भारतीय चर्चित इण्डियन प्रमियर लिग आईपिएल टोलि दिल्ली डेयरडेभिल्स्का पुर्व प्रमुख कार्यकारी अधिकृत अमृत माथुरले आज एभरेष्ट प्रिमियर लिगमा सहभागि टिमका मालिक र कप्तानसग विशेष कार्यशाला गोस्टी गर्ने भएका छन ।

एभरेष्ट प्रिमियर लिगका प्रमुख आमीर अख्तरको निमन्त्रणामा नेपाल आएका माथुरले आज दिउसो दुइ सेसनमा कप्तान तथा मालिकसग छलफल गर्नेछन । जसमा पहिलो सेसनमा टिमका मालिकहरुसग विशेष कार्यशाला हुनेछ भने दोस्रो सेसनमा टिमका कप्तानहरुसग छलफल हुनेछ । टिम मालिकलाइ ईपिएलको व्यवसायीकताको बारेमा र यसबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनेछन् ।माथुरले भारतीय क्रिकेट टोलिको मिडिया म्यानेजरका रुपमा पनि लामो समय काम गरेका थिए । उनी हिन्दस्तान टाइम्सका कोलमिस्ट हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest