हङकङ विरुद्धको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि १४ सदस्यीय टोलीको सोमबार घोषणा गरिएको छ ।

अक्टोबर १३ र १५ तारिख (असोज २७ र २९)मा हुने हङकङ विरुद्धको दुई महत्तोपूर्ण खेलको तयारीका लागी नेपाली टोली हाल भारतको चेन्नाइमा प्रशिक्षणमा ब्यस्त छ ।

यसै बिच चयन समितीले अन्तिम १४ खेलाडीको नाम घोषणा गरेको छ । अन्तिम १४ मा पर्न सफल खेलाडीहरु – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), शरद भेषावाकर, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सुशन भारी, आरिफ शेख, ललित सिंह भण्डारी र सुशील कँडेल हुन ।

नेपाल यु-१९ बाट लेग स्पिन्नर सन्दीप लामिछाने र कप्तान दीपेन्द्र सिंह ऐरी पनि अन्तिम १४ मा परेका छन । एसीसी यु-१९ इस्टर्न रिजनमा राम्रो फर्म देखाएका दुबै खेलाडी राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भए ।

यसैगरी बैकल्पिक खेलाडीका रुपमा नरेश बुढाएेर, महबुब आलम, जितेन्द्र कुमार मुखिया र कुशल भुर्तेललाई राखिएको छ ।

Jagat Tamata

भारतबाट फर्किएपछि नेपालले अन्तिम टोलीको घोषणा गर्ने बताए पनि आज नै अन्तिम १४ को घोषणा गरिएको छ ।

चयन समितीमा प्रमुख प्रशीक्षक जगत टमटा र राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेका छन ।

Sompal Kami

नेपालले भोली आफ्नो पहिलो अभ्यास खेल तामिल प्रीमिएर लिगमा खेल्ने डिन्डिगुल ड्रागन्स टिम सँग खेल्नेछ ।

हङकङले पनि नेपालसँगको खेलको लागि १४ सदस्यीय टोलीको सोमबार घोषणा गरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest