स्पट फिक्सिङमा पाकिस्तानी ब्याट्सम्यान लतिफ ५ वर्ष निलम्बित

स्पर्ट फिक्सिङको आरोपमा मुछिएका पाकिस्तानी ब्याट्सम्यान खलिद लतिफलाई पाकिस्तानी क्रिकेट बोर्ड(पिसिबी) ले ५ वर्षका लागि निलम्बन गरेको छ।

यसअवधिमा उनले क्रिकेटको कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन्। पिसिबीको छानवीन समितिले गत वुधबार अनुसन्धानका क्रममा दोषी पाएको थियो। पाकिस्तानी क्रिकेटलाई फिक्सिङमुक्त गराउने अभियानअन्तर्गत पिसिबीले टि–२० पाकिस्तान सुपर लिगमा भएका भ्रष्टाचार सम्बन्धि मुद्धामा छानवीन गरिरहेको छ।

३१ वर्षीय लतिफले ५ एकदिवसीय र १३ टि–२० खेलेका छन्। उनलाई १० लाख पाकिस्तानी रुपैयाँ पनि आर्थिक जरिवाना लगाइएको छ। इस्लामाबाद युनाइटेडका ब्याट्सम्यान सर्जिल खानलाई पनि गत महिना ५ वर्षका लागि निलम्बन गरिएको थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest