४ महिला क्रिकेट खेलाडी बङगलादेश प्रिमियर लिग खेल्दै

बंगलादेशको ढाका वुमेन्स् प्रिमियर डिभिजन क्रिकेट लिगमा हाल ४ नेपाली महिला क्रिकेटर खेलिरहेका छन्।

लिगमा महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलबासे, आरती बिडारी, नेरी थापा र अस्मिना कर्माचार्य समावेश छन्। आरती, अस्मिना र नेरी थापाले हिल्लोल जुबो संघबाट खेलिरहेका छन्। रुबिना रुपाली बैंक क्रिडा परिषद्को टिममा छिन्। लिगमा बंगलादेशका ९ क्लबको सहभागिता छ। ५० ओभरको यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हो।

१८ सेप्टेम्बरदेखि सुरु भएको लिग १३ अक्टोबरसम्म चल्नेछ। नेपालका तीन खेलाडी सहभागी हिल्लोलले हालसम्म तीन खेल खेलेको छ। क्लबले तीन वटै खेल हारिसकेको छ। हिल्लोलबाट नेरीले तीन वटै खेल खेलेकी छिन्। उनले तीन खेलमा टिमका लागि सर्वाधिक ३० रन बनाउनुका साथै २ विकेट लिइसकेकी छिन्। अस्मिनाले २ तथा आरतीले १ खेलमा अवसर पाएका छन्। यो लिगमा एउटा खेलमा २ विदेशी खेलाडीले मात्र खेल्न पाउने नियम छ। जसका कारण नेरी, आरती र अस्मिनाले एकै पल्ट खेल्न पाएका छैनन्।

नेपाललाइभमा आधारीत

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest