नेपालले भोली दोस्रो खेल खेल्ने, टाइफुनका कारण खेल के हुन्छ भन्ने अन्योल

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ बीच भोली हुने दोस्रो खेल टाइफुन सामुन्द्रिक आंधीका का कारण प्रभावि हुने संभावना देखिएको छ ।

हङकङ मौसम विभागले आज राती देखीनै आंधी उच्चतम तहमा आउने अनुमान गरेको छ । आधी दश सम्म पुग्ने बताइएको छ । भोल भने आंधीको स्तर आठ हुने मौसम विभागले बताएको छ । आज आंधीको संकेत एकमा पुगेपछि हङकङ सरकारले सार्वजनिक स्थलमा सुचनाहरु राखेर यसले पार्नसक्ने प्रभावको बारेमा सचेत गराएको छ । आधीको संकेत ८ सम्म पुग्दा हङकङमा सार्वजनिक विदा दिने गरिएको छ । कुनै बेला आधीले दिशा परिवर्तन गर्ने र एक बाटै हराउने गरेको पनि छ । पुर्व जिर्भारित तालिका अनुसार खेल भोली विहान नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ । भोली दिउसो वर्षा हुने अनुमान पनि हङकङ मौसम विभागको छ ।

नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले आयोजक हङकङ क्रिकेट बोर्डले सामुन्द्रिक आ“धीको बारेमा कुनै जानकारी नगराएको बताएका छन । हिजो भएको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो । एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल कमजोर ब्याटिङ प्रदर्शन गर्दै ३४ ओभर चार वलमा एक सय एघार रनमा अल आउट भएको थियो । नेपालले आज केही समय अभ्यास गर्दा ब्याटिङमा केन्द्रित भएको थियो । जसमा शरद भेषावकरको स्थानमा हङकङ पुगेका नरेश बुढाएरले पनि नेट्समा विताए । प्रमुख ब्याट्सम्यान शरद भेषावकर ज्वरो आएर खेल्न नसक्ने भएपछि नरेशलाइ बोलाइएको हो । दोस्रो खेलमा नरेशले टिममा स्थान बनाउने संभावना धेरै छ । शरद आज नेपाल फर्किएका छन । उनले फेसबुकमा स्टाटस लेख्दै आबश्यक परेको समयमा देशका लागि खेल्न नसकेकोमा दुख ब्यक्त गरेका छन ।

च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा र हङकङ १३ अंकसहित चौथो स्थानमा छ । शीर्ष चारमा रहने टोलीले सन २०१९ को एशदिवशीय विश्वकप क्रिकेटको छनौट खेल्ने अवसर पाउनेछन । नेपालको भने विश्वकप छनौछ खेल्ने गणितिय संभावना मात्र बांकी रहेको छ । च्याम्पिनयसिपमा नेपालले हङकङपछि डिसेम्बरमा युएईमा उसकै मैदानमा खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest