टाइफुनका कारण स्थगित भएको खेल भाेली हुनेमा पनि आशङका

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ विचको दोस्रो खेल बर्षाका कारण एक दिन पनि सारिएपनि भोली पनिa हुने सम्भावना न्युन रहेको छ ।
च्याम्पियनसिप अन्तर्गत हङकङ समुन्द्र आधि आएपछि आज हुने खेल भोली रिजर्भ दिनमा सारिएको थियो । ८ लेभलको टाइफुन आएपछि आइसीसीले नै खेल भोलीका लागि सार्ने निर्णय गरेको थियो । दिनभर आएको पानीसंग हावाले क्रिकेट खेलका साथै हङकङमा आवतजावत पनि प्रभावित बनेको थियो । आज दिनभर भारी बर्षाका साथै तिब्रगतिमा हावा चलेपछि प्राय सबै स्थान बन्द थियो ।

फिलिपिन्स हुदै आएको टाइफुटका कारण दोस्रो खेललाई असर गरेपछि सारिएपनि भोली पनि बर्षा हुने हङकङ मौसम विभागले जनाएको छ । टाइफुनको असर नभएपनि दिनभर बर्षा हुने बताएकाले भोलीको खेल हुनेमा ठुलो अन्योलता रहेको छ । यदि भोली पनि खेल हुन सकेन भने नेपालले अंक बाढ्न बाध्य हुनेछ । यदि अंक बाढेमा नेपाल २०१९ को विश्वकप छनोट खेल्ने मौका बाट टाढिनेछ । पहिलो खेलमा ८३ रनको हार ब्यहोरेको नेपालको लक्ष्यलाई टाइफुनले उडाउनेछ ।

नेपालले शिर्ष चारमा स्थान बनाउन बाकि तीन खेल जित्नुपर्ने हुन्छ भने हङकङले बाकि सबै खेल हार्नुपर्नेछ । अन्तिम चरणमा नेपालले युएइसंग खेल्नेछ भने हङकङले पपुवा न्युगिनीसंग प्रतिस्पर्धा नर्गेछ । समुहको छैटौ स्थानमा रहेको नेपालको आठ अंक रहेको छ भने हङकङको १३ अंक छ । भोली खेल भएको खण्डमा नेपाली टिममा केहि परिवर्तन हुनसक्नेछ । अस्वस्थ भएपछि घर फर्किएका शरद भेषावकरको स्थानमा नरेश बुढाऐर हङकङ पुगिसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest