नेपाली यू-१९ टिमले बङगलादेश विरुद्ध तीन अभ्यास खेल खेल्ने

यु१९ एसिया कपको तयारीमा रहेको नेपाल यु१९ टोलीले बंगलादेश यु१९ बिरुद्द अभ्यास खेल खेल्ने भएको छ । बङगलादेश क्रिकेट बोर्डले नेपाल विरुद्धको अभ्यास खेलका लागि टिमको घोषणा पनि गरेको छ ।

अक्टोबर ३० तारीखबाट सुरु हुने भ्रमण नोभेम्बर ६ तारिखमा सकिनेछ । आठ दिनका लागि बंगलादेश भ्रमण गर्ने र त्यस क्रममा तीन अभ्यास खेल हुनेछ । त्यसपछि दुबै टिम प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन । नोभेम्वर नौ तारिख देखि सुरु हुने एशिया कप अघिको अभ्यास खेल दुबै टिमका लागि भाइटल रहेको छ ।

किनकी बङगलादेश क्रिकेट टिममा पनि ब्याटिङको समस्या रहेको छ भने नेपाली टिममा पनि ब्याटिङमा सुधार गर्न निकै आवश्यक रहेको छ । तीन वटै अभ्यास खेल बङगलादेशको क्रिरा सिखा प्रोतिस्थानमा हुनेछ । बङगादेश टिममा रहेका केहि खेलाडी हङहङ सुपर सिक्सका लागि गएका छन । नन्दनले आफू अस्वस्थ भएको भन्दै टिमबाट नाम फिर्ता लिएको प्रशिक्षक दासले जानकारी दिए। यस्तै पहिलो चरणको बन्द प्रशिक्षणमा सुशान्तसिंह थापाले पनि अस्वस्थताका कारण नाम फिर्ता लिएका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest