कोहली नौ हजार रन नजिक

भारतीय कप्तान बिराट कोहली एकपटक फेरी अर्को किर्तिमानको नजिक पुगेका छन । कोहली एकदिवसिय खेलमा नौ हजार रन बनाउने निकै नजिक छन ।

एकदिविसय क्रिकेटमा २०१ खेलमा १९३ इनिङ खेलेका कोहलीले आज हुने न्युजिल्यान्ड बिरुद्दको तेश्रो तथा अन्तिम एकदिवसिय खेलमा ८३ रन बनाएमा सबैभन्दा थोरै एकदिवसिय क्रिकेटमा नौ हजार रन बनाउने पहिलो खेलाडी हुनेछन । उनले अहिले सम्म एक सय ९३ इनिङमा आठ हजार नौ सय १७ रन बनाएका छन् ।

अहिले एकदिवसिय क्रिकेटमा सबैभन्दा चाडो नौ हजार रन बनाउने किर्तिमान दक्षिण अफ्रिकी खेलाडी एबी डिभिलिर्यसको नाममा छ । उनले दुइ सय ५ इनिङमा नौ हजार रन पुरा गरेका थिए । यस्तै कोहलीले आजको खेलमा नौ हजार रन पुरा गरेमा उनी भारतका लागि नौ हजार रन पुरा गर्ने छैठौं खेलाडी पनि बन्नेछन् । यस अघि भारतका लागि मोहमद्द अजुरदिन, सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्रसिंह धोनीले एकदिवसियमा नौ हजार रन पुरा गरिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest