यू-१९ क्रिकेट टिमको घोषणा, जितेन्द्र र रासिद पहिलो पटक टिममा

मलेसियामा आयोजना हुने एसीसी अन्डर नाइन्टिन एशिया कपका लागि नेपाली टिमको घोषणा गरिएको छ । जसमा दुई जना खेलाडीले पहिलो पटक टिममा स्थान पाएका छन ।

प्रशिक्षक विनोद दाश र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार बैकटेपती राजुको संयोजकत्वमा घोषणा भएको टिममा जितेन्द्र सिंह र रासिद खानले पहिलो पटक युवा टिममा स्थान बनाएका छन । यस्तै यसअघि खेलेको टिमबाट यसपटक तीन खेलाडी परिवर्तन भएका छन । जसमा सन्दिप जोरा, विक्रमकुमार भुषाल बैकल्पिक खेलाडीमा पर्दा नन्दन यादव यसअघि नै अस्वस्थताका कारण टिमबाट नाम फिर्ता लिएका थिए । यस्तै यसपटक सुमित महर्जनले पनि टिममा स्थान बनाउन सकेनन ।

को को परे टिममा?
दिपेन्द्रसिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शा, पवन सराफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की

बैकल्पिक खेलाडी
सन्दिप जोरा, विक्रम भुषाल, अङकित सुवेदी, विजय चौधरी

नेपाली युवा टिम भोली बंगलादेश प्रस्थान गर्नेछ । जहा टिमले बंगलादेशको अन्डर नाइन्टिन टिमसंग तीन वटा अभ्यास खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest