भारतीय कप्तान विराट कोहलीले एक पछि अर्को किर्तीमान बनाउदै गएका छन । चाहे त्यो सबैभन्दा कम खेलमा धरै सतक प्रहार गर्ने होस या सबै भन्दा चाडो नौ हजार रन प्रहार गर्नेमा । न्युजिल्याण्ड विरुद्धको तेस्रो एक दिवसिय खेलमा विराटनले अर्को सतक बनाउन सफल भए । यो संगै उनले दुई सय एक खेलमा एक सय ९३ इनिङमा नौ हजार रन पुरा गरेका छन ।
9,000 ODI runs for @imVkohli! 👏 He's the fastest player to reach the milestone! Congratulations! #INDvNZ pic.twitter.com/6tbKtNwDO2
— ICC (@ICC) October 29, 2017
उनि थोरै एकदिवसिय खेलमा नौ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन । यसअघि एकदिवसिय क्रिकेटमा छिटो रन पुरा गर्ने खेलाडी दक्षिण अफ्रिकी एवी डिभिलियर्स थिए । उनले दुई सय पाच इनिङमा नौ हजार रन पुरा गरेका हुन । नौ हजार रन पुरा गर्ने कोहली छैटौ खेलाडी पनि बनेका छन । यसअघि भारतका मोहम्मद अजुरद्दिन, सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्रसिंह धोनीले नौ हजार रन पुरा गरेका थिए ।