बङगलादेश विरुद्धको अभ्यास खेलका लागि नेपाली युवा टिम आज जादै

यु-१९ एसिया कपको तयारीमा रहेको नेपाल यु-१९ टोली बैदेशिक प्रशिक्षणका लागि आज बंगलादेश जादैछ ।

मलेसियामा हुने यु-१९ युथ एशिया कप अघि नेपालले बङगलादेशको अन्डर नाइन्टिन टिमसग तीन वटा मैत्री पुर्ण खेलका लागि आज जान लागेको हो । अभ्यास खेलका साथै एशिया कपका लागि आइतबार नै नेपाली टिमको घोषणा गरिसकिएको छ । जसमा दुइ नया अनुहार परेका छन । बङगलादेश क्रिकेट बोर्डले नेपाल विरुद्धको अभ्यास खेलका लागि टिमको घोषणा पनि गरिसकेको छ ।

नेपालले बङगलादेशको टिमसग दुइ चार र पाच नोवेम्बरमा अभ्यास खेल खेल्नेछ । आठ दिनका लागि बंगलादेश भ्रमण गर्ने र त्यस क्रममा तीन अभ्यास खेल हुनेछ । त्यसपछि दुबै टिम प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन । नोभेम्वर नौ तारिख देखि सुरु हुने एशिया कप अघिको अभ्यास खेल दुबै टिमका लागि भाइटल रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest