दृष्टिविहिन क्रिकेट टिमलाइ साहसको साथ

पहिलो पटक दृष्टिविहिन एकदिवशीय विश्वकपमा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई साहस स्पोर्टस प्रालिले प्रायोजन गरेको छ । नेपाली दृष्टिविहिन क्रिकेटले प्रायोजन पाएको यो पहिलो पटक हो ।

राजधानीमा आज नेपाल दृष्टिविहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्टस प्रालिका प्रवन्ध निर्देशक जनक न्यौपाने बीच तीन वर्षको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपाली टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुदा खेलाडीले लगाउने जर्सी साहसले उपलब्ध गराउनेछ । कतिवटा अन्तराष्ट्रिय प्रतियोगिता हुन्छ भन्ने यकिन नभएकाले प्रायोजनको रकम नखुलाइएको साहस स्पोर्टसका प्रवन्ध निर्देशक जनक न्यौपानेले जानकारी दिए । सवै सिमा पार गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिरहेको दृष्टिविहिन क्रिकेटलाइ प्रायोजन गरेकोमा अध्यक्ष घिमिरेले खुशी ब्यक्त गरे ।

यसअघि अरु ठाउमा प्रायोजनका लागि प्रपोजल हालेपनि कसैले वास्ता नगरेको उनको भनाइ थियो । आगामी दिनमा पनि आफुहरुको सहयोग निरन्तर रहने साहस स्पोर्टले बताएको छ । कप्तान किर्तन श्रेष्ठ दुवालले खेल्ने मैदान नहुदा पनि नेपाली टिमले ट्वान्टी ट्वान्टी विश्वकपमा न्युजील्यान्ड र दक्षिण अफ्रिका जस्तो वलियो टिमलाइ हराएको भन्दै सेवा सुविधा पाए उत्कृष्ट नतिजा ल्याउने विश्वास ब्यक्र गरे । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले दृष्टिविहिन क्रिकेटलाइ प्रायोजन गर्नु सुखद सुरुवात भएको प्रतिकृया दिए । आगामी जनवरी नौ देखी २५ सम्म पाकिस्तान र युएइमा दृष्टिविहिन एकदिवशीय विश्वकप हुदैछ ।

त्यसका लागि पुष एक गते देखी खेलाडीलाइ बन्द प्रशिक्षणमा राखिने संघले जनँएको छ । यसअघि नेपालले दुइ ट्वान्टी ट्वान्टी विश्वकप र एशीया कपमा सहभागिता जनाइसकेको छ । २०६३ साल बाट नेपालमा दृष्टिविहिन क्रिकेट खेल्न सुरु गरिएको छ । हाल करिब पांच सय पुरुष्ँ र दुइ सय महिला दृष्टिविहिन खेलाडी रहेका छन । नेपालले सन २००८ मा पाकिस्तान संग मैत्रीपुर्ण खेल खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest