हुदा हुदा इरफान पठान घरेलु लिगको टिममा पनि पर्न छोडे

कुनैबेला विश्व क्रिकेटमा उत्कृष्ट अलराउण्डर मानिने इरफान पठान पछिल्लो पटक भारतीय क्रिकेट टिमबाट बाहिर मात्र छैनन, उनले खेल्ने घरेलु क्रिकेट टिम बरोडाको टिमबाट पनि हटाइएको छ ।

रन्जी ट्रफि अन्तर्गत पहिलो चरणको खेलमा खराव प्रदर्शनका कारण सुरुवातमा कप्तानबाट हटाइएका पठानलाई तेस्रो खेलमा १५ खेलाडीको सुचिबाट पनि हटाइएको छ । पठानको स्थानमा अलराउण्डर दिपक हुडालाई कप्तानीको जिम्मेवारी दिइएको छ । हाल समुह सी को पुछारमा रहेको बरोडाका लागि पठानले मात्र दुई विकेट लिएका थिए । त्रिपुरा विरुद्धको खेलमा पठानलाई टिममा समेत राखिएको छैन । बरोड क्रिकेट संघका सचिव नेहल प्रतिकले पठानलाई कप्तानबाट हटाउनु छनोटकर्ताको सामुहिक निर्णय भएको बताए ।

साथै उनले पठानलाई मात्र नभएर अरु पाच खेलाडीलाई पनि प्लेइङ सेटबाट हटाएको बताए । टिमबाट हटाइनेमा पिनाल शाह पनि रहेका छन । साथै अनुभवी खेलाडी युसुफ पठान अस्वस्थताका कारण यो खेल गुमाउने भएका छन । केदार देभदारलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । यता मुम्बईमा अजिन्क्या राहाणे र सारदुल ठाकुर टिममा फर्किएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest