के गर्ला भारतले नेहेराको विदाइ हुने खेलमा

भारत र न्यूजिल्याण्डबीच हुने पहिलो टी–२० खेल भारतीय क्रिकेट टोलीका खेलाडी आशीष नेहराका लागि अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ। नेहेराले यसअघि नै खेल जिवनबाट सन्यास लिने घोषणा गरिसकेकाले यो खेल उनको घरेलु मैदान दिल्लीस्थिती फिरोजशाह कोटलामा हुदैछ।

३८ वर्षिया नेहराले सन् १९९९ मा श्रीलंका विरुद्ध पहिलो टेस्टबाट भारतीय टोलीमा डेब्यु गरेका थिए। उनको पहिलो एकदिवसीय खेल भने २००१ मा जिम्बावे विरुद्ध थियो । जुन खेलमा उनले दुई विकेट हात पारे। नेहराले खेलेका १ सय २० अन्तराष्ट्रिय एकदिवसीयमा १ सय ५७ विकेट छन् भने २६ टी–२० मा ३४ विकेट लिएका छन्।

सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा इंग्ल्याण्डविरुद्धको खेलमा भारतलाई जित दिलाउने क्रममा नेहराले १० ओभरमा २३ रनमात्रै खर्चेर ६ विकेट लिएका थिए। इण्डियन प्रिमियर लिगमा नेहराले ८८ खेलमा १ सय ६ विकेट लिएका छन्। सन् २०१५ मा चेन्नाई सुपरकिंग्सबाट खेल्दै नेहराले २२ विकेट लिएका थिए। हाल उनी सनराइजर्स हैदराबादबाट खेल्ने गर्छन्। १७ टेस्ट खेलेका नेहराले ४४ विकेट लिएका छन्। २००४ यता उनी भारतीय टेस्ट टिममा अटाएका थिएनन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest