नेपाल यू-१९ द्धारा बंगलादेश सामु १५४ रनको लक्ष्य स्कोरकार्ड सहित

एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टिम बंगलादेशको अन्डर नाइन्टिन टिमलाई एक सय ५४ रनको लक्ष्य दिएको छ ।

बंगलादेशको साभारमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले ५०ओभरमा नौ विकेट गुमाउदै एक सय ५३ रन बनायो । दुई रन हुदा पहिलो विकेट गुमाएको नेपालले ६४ रन बनाउदा चार विकेट खेर फालेको थियो । नेपाली टिमका मिडिल अडरका खेलाडीले खासै राम्रो खेल्न नसक्दा एक सय १३ रनमा ६ विकेट गुमायो ।

नेपालका लागि आशिफ शेखले ३२ तथा भिम शार्कीले २८ र पवन सराफले १९ रन बनाए । यस्तै अनिल कुमार शाले १८ तथा कमलसिंह ऐरीले १७ र कप्तान दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । बलिङ तर्फ बंगलादेशका हसन महमुद र काजी अनिक स्लामले तीन तीन विकेट लिए ।

हेरौ स्कोरकार्ड

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest