नेपाली महिला टिमको घोषणा, को को परे टिममा

थाइल्याण्डमा हुने महिला विश्व टि–२० क्वालिफायर्सका लागि नेपाली टिमको घोषणा भएको छ ।

थाइल्याण्डमा नाभेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि आज १४ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिएको हो । आइसीसी प्रतिनिधी अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र महिला टिमका प्रशिक्षक सामसनजंग थापा तथा कप्तान रुविना क्षेत्रीको संलग्नतामा भएको छनोटमा सिताराना मगरलाई उपकप्तान दिइएको छ । टिममा दाङकी लक्ष्मी चौधरी र झापाकी रोमा थापाले पहिलो पटक स्थान बनाएका हुन्।

को को परे टिममा

रुविना क्षेत्री कप्तान
सिता रानामगर उपकप्तान
ज्वती पाण्डे
सरिता मगर
नेरी थापा
रोमा थापा
इन्दु बर्मा
करुण भण्डारी
सोनु खडका
लक्ष्मी चौधरी
रितु कानोउजिया
सबनम राई
काजल श्रेष्ठ
संगिता राई

बैकल्पिक खेलाडी

कविता कुवर
नितु भण्डारी
रेखा रावल

यसपटकको टिममा पनि अधिकांश पुराना खेलाडीको बाहुल्यता रहेको छ । पछिल्लो दुई साता देखि नेपाली महिला टिम यो प्रतियोगिताका लागि तयारीमा रहेको छ । नेपाली महिला क्रिकेट टिम एक साताका लागि बंगलादेशमा अभ्यासका लागि जानेछ । नेपालले प्रतियोगितामा चीन, यूएई, हङकङ, थाइल्याण्ड, मलेसियासंग प्रतिस्पर्धा गर्नेछ । जसमा नेपालले पहिलो खेल १९ नोभम्बरमा घरेलु टिम थाइल्याण्ड विरुद्ध खेल्नेछ । दोस्रो खेलमा नेपालको भिडन्त हङकङसंग हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest