द्रविडको टोलीमाथि एेतिहासिक जित निकाल्दा नेपाली टिमलाइ बधाइको ओइराे

भारतीय पूर्व खेलाडी राहुल द्रविडले सम्हालेको भारतीय अन्डर नाइन्टिन टिमलाई नेपाली टिमले एसीसी अन्डर नाइन्टिन एशिया कप मा १९ रन ले हराएपछि बधाई दिनेको ओइरो लागेको छ ।

भारत विरुद्ध ऐतिहासिक जीत निकालेको नेपाली टिमलाई सोसियल मिडियामा बधाई दिनेको ओइरो लागेको छ । राष्ट्रिय टिमका कप्तान पारस खडका देखि क्रिकेटका अरु ब्यक्ति र खेलाडीले नेपाली टिमको प्रशसा गर्दै बधाई दिएका छन । भारतीय क्रिकेटका पर्खाल भनेर खेलाडी जीवनमा पहिचान बनाएका द्रविडको टोलीलाई नेपाली टिमका लेजेन्ड खेलाडी विनोद दासको टोलिले पराक्रमी रुपमा हराएको छ ।

भारतले सुरुवातमा नेपाललाई दबाव दिएपनि नेपाली बलरले भारतको मिडिल अडरलाई ध्वस्त पारेक थियो । नेपाली टिमको सफलतामा द्रविड आफैले पनि बधाई दिएका छन । बंगलादेश विरुद्ध पनि जीतको नजिक पुगेर हार्न पुगेको नेपाली टिमले भारत विरुद्ध भने सो गल्तिलाई दोहोरयाएन । सुरुवात देखि आत्मबिश्वासका साथ मैदानमा उत्रिएको नेपाली टिमले सोहि अनुसारको नतिजा पनि हात पारयो ।

https://twitter.com/nischaltiwari/status/929640975873404929

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest