महिला टी–२० विश्वकप छनोटमा नेपालले थाइल्याण्डसग खेल्दै

महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपालले आज पहिलो खेलमा आयोजक थाइल्याण्डसग प्रतिस्पर्धा गर्दैछ ।

नोभेम्बर २० देखि २७ सम्म बैंककमा हुने प्रतियोगिताको विजेता नेदरल्यान्ड्समा हुने ट्वान्टी २० विश्वकप छनोटमा पुग्नेछ । नेपालले एसियाली छनोट चरणमा हङकङ, चीन, यूएई, मलेसिया र आयोजक थाइल्यान्डसँग राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् र विजेता टोली विश्वकप छनोटमा पुग्नेछ । बंगलादेशमा चार अभ्यास खेल खेल्दै नेपाल थाइल्यान्ड पुगेको हो ।

बंगलादेशको राष्ट्रिय टोलीसँग अन्तिम अभ्यास खेलमा नेपाल ५४ रनले पराजित भएको थियो । त्यसअघि नेपालले ढाकाको स्थानीय टोली बीकेएसपीसँगको ३ खेलमा २–१ को जित हात पारेको थियो । थाइल्यान्डसँग नेपालको विगतमा प्रदर्शन त्यत्ति राम्रो छैन । थाइल्यान्डमा गत वर्ष भएको महिला एसिया कपमा थाइल्यान्डसँग नेपाल ६५ रनमै अलआउट हुँदै पराजित भएको थियो । त्यसअघि हङकङमा भएको यसै प्रतियोगितामा थाइल्यान्डसँग नेपाल दुवै राउन्ड रोबिन लिगको खेलमा पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest