मुख्य खेलाडीलाइ अाराम दिएको नेपालको ब्याटिङ खराव

नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले अमेरीकासंग खेलिरहेको छ ।

युएइको आवुदावीमा जारी खेलमा नेपालले खराव प्रदर्शन गरेको छ । मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनलाई बेन्चमा राखेको नेपालले विना विकेटको क्षतीमा १९ रन बनाएपनि ३० रन पुरयाउदा दुई विकेट खेर फालेको थियो । ओपनर अनिल शाह र दिलिप नाथ सस्तैमा आउट भए । त्यसपछि नेपालले अरु पाच रन बनाउदा थप दुई विकेट गुमाएपछि ३५ रनमा चार विकेट खेर फाल्यो । ब्याटिङमा आएका सागर पुन र आरिफ शेख पनि एकोहोरो रनमा आउट भए । नेपालका पारीलाई बसन्त रेग्मी र कुशल भर्तेलले सम्हाल्न खोजेपनि सफल भएनन । जसका कारण नेपालले ५५ रनमा ६ विकेट गुमायो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएइ संगको खेल अघि नेपालले अमेरिका र केन्या संग मैत्रीपुर्ण खेल खेलेको हो । मैत्रीपुर्ण खेल अन्तर्गत नै नेपालले केन्या संग पर्सी प्रतिस्पर्धा गर्नेछ । हाल डिभिजन थ्रि मा रहेको अमेरिका नेपाली टिमका पुर्व मुख्य प्रशिक्षक पुवुदु दशानायकेको नेतृत्वमा रहेको छ । नेपालले अमेरिका , केन्या र युएइ संगको दुइए खेललाइ डिभिजन टु को तयारीका रुपमा लिएकोछ । युएइ संग नेपालले आउदो बुधबार र शुक्रबार प्रतिस्पर्धा गर्नेछ । फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टु को शीर्ष दुइमा रहने टोलीले सन २०१९ को एक दिवशीय विश्वकप क्रिकृट छनौट खेल्ने अवसर पाउने हुनाले नेपालका लासग सो खेल महतवपुर्ण रहेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest