नेपालको खराव ब्याटिङ, ७ विकेट गुमायो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले अमेरीकासंग खेलिरहेको छ ।

युएइको आवुधावीमा जारी खेलमा नेपालले खराव प्रदर्शन गरेको छ । मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनलाई बेन्चमा राखेको नेपालले विना विकेटको क्षतीमा १९ रन बनाएपनि ३० रन पुरयाउदा दुई विकेट खेर फालेको थियो । ओपनर दिलिप नाथ र सागर पुन सस्तैमा आउट भए । त्यसपछि नेपालले अरु पाच रन बनाउदा थप दुई विकेट गुमाएपछि ३५ रनमा चार विकेट खेर फाल्यो । ब्याटिङमा आएका आरिफ शेख र अनिल शाह पनि सस्तैमा आउट भए । नेपालको पारीलाई दिपेन्द्र ऐरीले कप्तान शरद भेषवाकरसंग पारी सम्हाल्न खोजेपनि सफल भएनन । जसका कारण नेपालले ५५ रनमा ६ विकेट गुमायो । नेपालका लागि दिलिप नाथले १६ रन बनाउदा दिपेन्द्र ऐरीले १२ कुशल भुर्तेलले १० रन बनाए । बाकि खेलाडी सस्तैमा आउट भएपछि नेपालले ७३ रनमा सात विकेट गुमायो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएइ संगको खेल अघि नेपालले अमेरिका र केन्या संग मैत्रीपुर्ण खेल खेलेको हो । मैत्रीपुर्ण खेल अन्तर्गत नै नेपालले केन्या संग पर्सी प्रतिस्पर्धा गर्नेछ । हाल डिभिजन थ्रि मा रहेको अमेरिका नेपाली टिमका पुर्व मुख्य प्रशिक्षक पुवुदु दशानायकेको नेतृत्वमा रहेको छ । नेपालले अमेरिका , केन्या र युएइ संगको दुइए खेललाइ डिभिजन टु को तयारीका रुपमा लिएकोछ । युएइ संग नेपालले आउदो बुधबार र शुक्रबार प्रतिस्पर्धा गर्नेछ । फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टु को शीर्ष दुइमा रहने टोलीले सन २०१९ को एक दिवशीय विश्वकप क्रिकृट छनौट खेल्ने अवसर पाउने हुनाले नेपालका लासग सो खेल महतवपुर्ण रहेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest