अमेरीकाको २ विकेट झर्यो, सोमपालले लिए दुबै विकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले अमेरीकालाई ९० रनको लक्ष्य दिएको छ ।

युएइको आवुदावीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३६ ओभर एक बलमा ८९ रनमा अलआउट भयो । मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनलाई बेन्चमा राखेको नेपालले ३० रन पुरयाउदा तीन विकेट खेर फालेको थियो । ओपनर दिलिप र सागर पुन सस्तैमा आउट भए । त्यसपछि नेपालले अरु १० रन बनाउदा थप दुई विकेट गुमाएपछि ४० रनमा पाच विकेट गुमायो । ब्याटिङमा आएका आरिफ शेख र अनिल शाह पनि सस्तैमा आउट भए ।

नेपालको पारीलाई दिपेन्द्र ऐरीले कप्तान शरद भेषवाकरसंग पारी सम्हाल्न खोजेपनि सफल भएनन । शरद खाता खोल्न नपाउदै पेभेलियन फर्किए । जसका कारण नेपालले ५५ रनमा ६ विकेट गुमायो । नेपालका लागि दिलिप नाथले १६ रन बनाउदा दिपेन्द्र ऐरीले १२ कुशल भुर्तेलले १० रन बनाए । बाकि खेलाडी सस्तैमा आउट भएपछि नेपालले ७३ रनमा सात विकेट गुमायो । त्यसपछि बसन्त रेग्मीले २१ रन थप्दा बाकि खेलाडी अरु खेलाडीले राम्रो गर्नसकेनन ।

जवाफमा अमेरीकाले पनि सुरुवात राम्रो गर्न सकेन । २२ रन हुदा पहिलो विकेट गुमाएको अमेरीकाले २४ रनमा दोस्रो विकेट खेर फाल्यो । नेपालका लागि सोमपाल कामीले दुबै विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest