नेपालले आज केन्यासग खेल्दै, पारस र ज्ञानेन्द्रले आजपनि नखेल्ने

नेपाली क्रिकेट टिमले दोस्रो मैत्रीपुर्ण खेलमा आज केन्यासग खेलिरहेको छ । आजको खेलमा नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबि नै नेपालले केन्यासँग अभ्यास खेल खेल्ने भएको छ ।

यूएईसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलअघि नेपालको यो अन्तिम अभ्यास खेल हो । यो खेल नेपाल समय अनुसार सवा ११ बजेबाट सुरु हुनेछ ।

शुक्रबार पहिलो अभ्यास खेलमा अमेरिकासँग ८९ रनमै अलआउट हुँदै नेपालले ५ विकेटको पराजय भोगेको थियो । पारस र ज्ञानेन्द्रसहित शक्ति गौचन, विनोद भण्डारी र करण केसी अमेरिकासँग खेलेका थिएनन् । केन्याले अमेरिकासँग शनिबार भएको अभ्यास खेल ४ विकेटले जितेको थियो । अमेरिकालाई ६३ रनमा अलआउट गरी केन्याले २३ औं ओभरमा खेल जितेको हो । प्रशिक्षक जगत टमाटाले नयाँ खेलाडीलाई मौका दिन लगातार दोस्रो खेलमा पनि पारस र ज्ञानेन्द्रलाई नखेलाउन लागिएको जनाएका छन् । १४ सदस्यीय नेपाली टोलीमा दुई अतिरिक्त खेलाडी अनिल शाह र कुशल भुर्तेल पनि रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest