नेपालले टस जितेर फिल्डिङ रोज्यो

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल अन्तर्गत नेपालले अहिले केन्यासग खेलिरहेको छ ।

यूएइको अावुधावीमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आजको खेलमा कप्तान पारस खडका र ज्ञानेन्द्र मल्ललाइ आराम दिइएको छ । यस्तै अमेरीका विरुद्ध राम्रो बलिङ गरेका सोमपाल कामी, बसन्त रेग्मी र विनोद भण्डारीलाइ पनि आराम दिइएको छ । उनको स्थानमा करण केसीलाइ खेलाइएको छ । टिममा कुशल भर्तेल र अनिलकुमार शाहले स्थान पाएका छन ।
विश्श्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलमा लागि युएइ पुगेको नेपाली टिमले यसअघि अमेरीकासग पाच विकेटको हार ब्यहोरेको थियो । नेपालको केन्या विरुद्ध अन्तिम अभ्यास खेल हो । यसपछि नेपालले यूएइसग दुइ खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest