केन्याको १०० रन पुरा, ललितले लिए एकै ओभरमा ३ विकेट

नेपाल विरुद्धको मैत्रीपुर्ण क्रिकेट खेलमा केन्याले मध्यम प्रदर्शन जारी राखेको छ ।

आवुधावीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको थियो । नेपालका करण केसीले एलेक्स ओबान्डालाई २५ रनमा पेभेलियन फर्काए । त्यसको लगत्तै सागर पुनले रुसाव पटेललाई २७ रनमा आउट गरेपनि केन्याले ५६ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि ललितसिंह भण्डारीले लगातार तीन विकेट लिएपछि केन्याले ६७ रनमा पाच विकेट गुमायो । ललितले एकै ओभरमा तीन विकेट लिएका थिए । केन्याको स्कोर ६८ रन हुदा पुन ललितले नै छैटौ विकेट झार्न सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest