सन्दिप र ललित ह्याट्रिक नजिक पुगेपनि चुके, केन्या सस्तैमा खुम्चिदै

नेपाल विरुद्धको मैत्रीपुर्ण क्रिकेट खेलमा केन्याले मध्यम प्रदर्शन जारी राखेको छ ।

आवुधावीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले ५४ रन हुदा पहिलो विकेट गुमाएको केन्याले ६७ रन बनाउदा पाच विकेट खेर फालेको थियो । ओनरद्धय एलेक्स ओबान्डाले २५ तथा रुसाव पटेलले २७ रन बनाउदा त्यसपछि ब्याटिङमा आएका तीन खेलाडीले दोहोरो अंक जोडन सकेनन । ललित भण्डारीको कसिलो बलिङ अगाडी केन्याले एकै ओभरमा तीन विकेट गुमाएको थियो । उसको स्कोर ६८ रन हुदा ६ विकेट झरेको थियो ।

केन्याका लागि गुरदिप सिंहले २२ रन बनाए । एक सय पाच रन बनाउदा सात विकेट गुमाएको केन्या विरुद्ध सन्दिपले लगातार दुई विकेट लिदै उसको पारीलाई खुम्च्याएको थिए । जसका कारण केन्याले २९ ओभरमा एक सय पाच रन बनाउदा नौ विकेट गुमाइसकेको थियो । नेपालले आज मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसन्त रेग्मीलाई बेन्चमा राख्दै युवा खेलाडीलाई खेलाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest