नेपालको खराव सुरुवात, सागर र दिलिप आउट

नेपाल विरुद्धको मैत्रीपुर्ण क्रिकेट खेलमा केन्याले नेपाललाई एक सय ११ रनको लक्ष्य दिएको छ ।

आवुधावीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्या ३३ औ ओभरमा एक सय १० रनमा अलआउट भयो । बलियो सुरुवता गर्दै ५४ रन हुदा पहिलो विकेट गुमाएको केन्याले ६७ रन बनाउदा पाच विकेट खेर फालेको थियो । ओनरद्धय एलेक्स ओबान्डाले २५ तथा रुसाव पटेलले २७ रन बनाउदा त्यसपछि ब्याटिङमा आएका तीन खेलाडीले दोहोरो अंक जोडन सकेनन । ललित भण्डारीको कसिलो बलिङ अगाडी केन्याले एकै ओभरमा तीन विकेट गुमाएको थियो । उसको स्कोर ६८ रन हुदा ६ विकेट झरेको थियो । केन्याका लागि गुरदिप सिंहले २२ रन बनाए । एक सय पाच रन बनाउदा सात विकेट गुमाएको केन्या विरुद्ध सन्दिपले लगातार दुई विकेट लिदै उसको पारीलाई खुम्च्याएको थिए । जसका कारण केन्याले २९ ओभरमा एक सय पाच रन बनाउदा नौ विकेट गुमाइसकेको थियो । नेपालले आज मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसन्त रेग्मीलाई बेन्चमा राख्दै युवा खेलाडीलाई खेलाएको थियो । बलिङ तर्फ नेपालका ललित भण्डारीले चार तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

जवाफमा नेपालको सुरुवात आज पनि खराव रहयो । पहिलो ओभरमा नै नेपालको स्कोर दुई रन हुदा पहिलो विकेट झरयो । त्यसपछि तीन रन हुदा नेपालले अर्को विकेट खेर फाल्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest