नेपाल जित नजिक, दिपेन्द्र अर्धसतकबाट चुके

केन्या विरुद्धको मैत्रीपुर्ण १११ रनको लक्ष्य पक्ष्याएको नेपाल जित नजिक पुगेको छ ।

पहिलो ओभरमा नै नेपालको स्कोर दुई रन हुदा पहिलो विकेट झरयो । त्यसपछि तीन रन हुदा नेपालले अर्को विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका अनिलकुमार शाहपनि १३ रनमा आउट भएपछि नेपालले २९ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि दिपेन्द्रसिंह ऐरीले कप्तान सरद भेषवाकरसंग मिलेर ७६ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुरयाए । राम्रो पारी खेलेका दिपेन्द्र ४६ रनमा आउट भए ।

आवुधावीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्या ३३ औ ओभरमा एक सय १० रनमा अलआउट भयो । बलियो सुरुवता गर्दै ५४ रन हुदा पहिलो विकेट गुमाएको केन्याले ६७ रन बनाउदा पाच विकेट खेर फालेको थियो । ओनरद्धय एलेक्स ओबान्डाले २५ तथा रुसाव पटेलले २७ रन बनाउदा गुरदिप सिंहले २२ रन बनाए । एक सय पाच रन बनाउदा सात विकेट गुमाएको केन्या विरुद्ध सन्दिपले लगातार दुई विकेट लिदै पारीलाई खुम्च्याएका थिए । जसका कारण केन्याले २९ ओभरमा एक सय पाच रन बनाउदा नौ विकेट गुमाइसकेको थियो । बलिङ तर्फ नेपालका ललित भण्डारीले चार तथा सन्दिप लामिछानेले दुई विकेट लिए । नेपालले आज मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसन्त रेग्मीलाई बेन्चमा राख्दै युवा खेलाडीलाई खेलाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest