ललितपुर प्याट्रियट्सले ट्यालेन्ट हन्टबाट चार जना खेलाडी छनोट

एभरेष्ट प्रिमियर लिग टोली ललितपुर प्याट्रियट्सले ट्यालेन्ट हन्टबाट चार जना खेलाडी छनोट गरेको छ।

इपिएलमा सहभागी प्रत्येक टोलीमा कम्तिमा एक जना खेलाडी ट्यालेन्ट हन्टबाट अनिवार्य लिनुपर्ने प्राबधान राखेको थियो। सोही प्राबधान अनुसार ललितपुरले बायाँ हाते मध्यम गतिका बलर प्रतिश जि.सी, दायाँ हाते ब्याट्सम्यान रित गौतम, अलराउण्डर सुमित झा र स्पिनर विपिन आचार्यलाई ट्यालेन्ट हन्टबाट टोलीमा समाबेश गरेको छ।

टोलीले ललितपुरमा सुरुमा आह्वान गरेको ट्यालेन्ट हन्टमा १ सय ५ जना खेलाडीको सहभागिता रहेको र त्यसबाट दोस्रो दोस्रो चरणका लागि ३१ खेलाडी छनोट गरिएको थियो। छनोटमा परेका ३१ जनालाई मुलपानी मैदानमा अभ्यास खेल खेलाई ४ जनाको छनोट गरिएको टोलीका प्रशिक्षक राजु बस्न्यातले जानकारी दिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest