साविक विजेता नेपालले आज थाइल्याण्डसग खेल्दै

थाइल्याण्डमा आजदेखि सुरुहुने एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले पहिलाे खेलमा अायाेजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’ मा परेकाे नेपालले भोली हङकङसँग र अन्तिम खेल बिहिबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। ८ टिम सहभागी रहेको प्रतियोगितामा नेपाल सहित थाईल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर छन । प्रतियोगितामा नेपाल रहेको समुहमा थाईल्याण्ड, हंगकंग र म्यानमार छन। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।

उमेर समुहको क्रिकेट टिमहरुले नेपालमा अधिकांश रास्ट्रिय खेलाडीहरु उत्पादन गर्ने बाटो बन्दै आएको छ। रास्ट्रिय टिमका पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेसावकर जस्ता खेलाडीहरुले १५/१७/१९ बर्ष मुनि नेपाली टिमको प्रतिनिधित्व गर्दै रास्ट्रिय टिमको यात्रा गरेका हुन्। २०१० देखि ३ वटै संस्करणमा फाइनल प्रवेश गरेको नेपाल यो पटक डिफेन्डिङ च्याम्पियनको हैसियतले थाईल्याण्ड पुगेको छ।

नेपालले अन्तिम पटक सन् २०१४ मा मलेसियामा एसीसी यु-१६ प्रिमियर प्रतियोगिता खेलेको थियो जसको उपाधि नेपालले जितेको थियो। त्यस प्रतियोगितामा टिममा रहेका आसिफ शेखले रास्ट्रिय टिमको लागि खेलीसकेका छन् भने प्रनित थापा, सुमित महर्जन, रबिन्द्र शाही, जितेन्द्र सिंह ठकुरी, पवन सर्राफ, रिजन ढकालले नेपाली यु-१९ रास्ट्रिय टिमको लागि खेलीसकेका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest