नेपालमा पहिलो पटक ह्यिलचियर क्रिकेट हुने

अपाङ्गता भएका ब्यक्तिहरुलाई क्रिकेट खेलको माध्यमबाट सक्रिय गराउने उदेश्यका साथ नेपाल ह्वीलचेयर एशोशिएशनले पहिलो पटक अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलनगरि संघले मंसिर २८ देखि पुष एक सम्म तीनदिने प्रतियोगिता संचालन गर्ने छ । प्रतियोगितामा नेपाल सहित भारत र बंगलादेशको राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जानकारी गराएका छन । ट्वान्टी ट्वान्टी फरम्याटमा हुने प्रतियोगिता लिगको आधारमा खेलाइने छ । जसमा हरेक टिमले एक अर्कासंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

लिगको शिर्ष स्थानमा रहेको टिमलाई विजेता घोषित गरिनेछ । नेपालमा रहेका तीन वटा अपाङ्ग क्रिकेट टिमबाट खेलाडी छनोट गरि हिमाल अर्यालको कप्तानीमा १४ जनाको राष्ट्रिय टिम बनाएको छ । टिमको उपकप्तानमा डिगमसिंह चेम्जोङ रहेका छन भने सुधिर चौधरी छन । तीन दिने प्रतियोगिताको अनुमानित बजेट १० लाख रुपैया रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest