ललितपुर प्याट्रियट्सले सार्वजनिक गर्यो विदेशी खेलाडी

एभरेष्ट प्रिमियर लिग टोली ललितपुर प्याट्रियट्सले टोलीका विदेशी खेलाडी सार्वजनिक गरेको छ।

आइपिएल खेलेका योगेश नागर सहित दिल्लीकै सुबोध कुमार भाटी र बरोदाका जय किसन अनिल कुमारलार्इ विदेशी खेलाडीका रुपमा टोलीले अनुबन्ध गरेको छ। ललितपुरले आइपिएल खेलेका एक खेलाडीलाई मात्रै अनुबन्ध गरेको छ। नागरले १८ वटा प्रथम श्रेणीको खेल खेलेका छन् भने २० वटा लिस्ट ए का म्याचहरु खेलेका छन्।

भाटीले प्रथम श्रेणीका २ तथा लिस्ट एमा १२ खेल खेलेका छन्। दिल्लीको प्रतिनिधित्व गर्दै उनी रणजी ट्रफी लगायतका प्रतियोगिता खेल्ने छन्। त्यस्तै, जयकिसन बरादाबाट खेल्ने गर्छन्। विकेटकिपर ब्याट्सम्यान जयकिसनले टोलीमा विकेट किपरको भूमिका निर्वाह गर्नेछन ।

टोली मालिक किशोर महर्जनका अनुसार विदेशी खेलाडीहरु १६ डिसेम्बरमा नेपाल आइपुग्नेछन्। उनीहरुलाई ३ सय देखि ५ सय डलरसम्मको पारिश्रमिक दिएर टोलीमा भित्र्याइएको हो। यस्तै, टोलीले बुधबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएको छ। यसअघि ज्ञानेन्द्र टोलीका मार्की प्लेयर थिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest