पुष ३ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग ईपीएलको टिम काठमाडौँ किंग्सबाट श्रीलंकन चर्चित क्रिकेटर परवेज महरुफले खेल्ने भएका छन । जसका लागि उनि काठमाडौँ आइसकेका छन ।
महरुफले सन् २०१० को एसिया कप क्रिकेट प्रतियोगितामा भारत बिरुद्ध ह्याट्रिक लिएको भिडियोको अडीयो मात्रै सुनाउदै कुन खेलाडी खेल्न लागेको अनुमान गर्न लगाएको थियो। ईपीएलमा प्रत्येक टिमले अनिबार्य ३ जना बिदेशी खेलाडी खेलाउने नियम रहेको छ जसअनुरुप महरुफले काठमाडौँको प्रतिनिधित्व गर्नेछन् भने अन्य २ जना खेलाडीहरु को हुने बारे भने घोषणा गरेको छैन। यस अघि टिम ललितपुर प्याट्रिएट्सले आईपीएल खेलीसकेका योगेश नागर र अन्य २ भारतीय प्रथम श्रेणी क्रिकेटरलाई टिममा अनुबन्ध गरेको घोषणा गरिसकेको छ। वर्तमान श्रीलंकन टिममा पर्न असफल रहेका महरुफले अन्तिम पटक यसै बर्ष अक्टोबरमा हंगकंगमा सम्पन्न हंगकंग सुपर सिक्सेज प्रतियोगितामा श्रीलंकन टिमको प्रतिनिधित्व गरका थिए।
इपिएल आयोजकलाइ पनि आइसीसीले स्विकृती दिएपछि ठुलो राहत भएको छ । तर इपिएल आयोजकले आइसीसीलाइ २० हजार डलर तिर्नुपर्ने सर्त राखेको छ । अब आइसीसीबाट स्विकृती पाएपछि प्रतियोगिताका आयोजकलाइ ढुक्क भएर खेलाउने बाताबरण मिलेको छ ।