नेपालले भोली सेमिफाइनलमा मलेसियासग खेल्ने

नेपालले, एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा मलेसिया संग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाल समुह ए को विजेता र मलेसिया समुहबी को उपविजेता हुदै अन्तिम चारमा प्रवेश गरेका हुन् । समुह चरणमा अपराजित रहेको नेपालले थाइल्यान्डलाइ एक सय ३३ रन र हङकङलाइ चार विकेटले पराजितगरेको थियो थाइल्यान्डमा जारी प्रतियोगिताको सेमीफाइनलका खेलहरु भोली देखी सुरु हुनेछन । यसअघि नेपालले हिजो भएको समुहको अन्तिम खेलमा म्यानमारलाइ तीन सय ३७ रनले पराजित गरेको थियो । नेपालको जीतमा कप्तान रित गौतमले शतकिय पारी खेले । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै तीन सय ५० रन बनाएको थियो ।

पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर १७ रनमा पेभेलियन फर्किएपछि नेपालले ६७ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि विशाल विक्रम केसी र रितले ६९ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुरयाए । तर विशाल ४२ रनमा आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो । त्यसपछि चौथो विकेटका लागि त्रितराज दाश र रितले ९९ रनको साझेदारी गर्दै नेपालको स्कोर बलियो स्थितीमा पुरयाए । त्रितराजले ६४ रन बनाउदा रितले अविजीत एक सय६रनको शानदार पारी खेले । उनले ७८ बलमा १२ चौकाको मद्दतले एक सय ६ रन बनाए । जवाफमा म्यानमार ११ ओभर तीन बलमा १३ रनमा अलआउट भयो । नेपालका लागि नारायण जोशी र मेखबहादुर सेन थापाले चार चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest